कोरोना विरुद्धको खोपमा चिनिया अनुसन्धानकर्ताहरुलाई ठूलो सफलता मिलेको छ । अहिले २ हजार जनामा दोस्रो चरणको परीक्षण (क्लिनिकल ट्रायल) भैरहेको कारोना विरुद्धको खोप यसै वर्षको अन्तसम्ममा विक्रिका लागि बजारमा आउने भएको छ । चीनको एसेट्स सुपरभिजन एण्ड एडमिनिस्ट्रेशन कमिशनले चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा प्रकाशित गरेको रिपोर्टमा कोराना विरुद्धको खोप वर्षको अन्तसम्ममा बजारमा आइपुग्ने जनाइएको छ…