२३ श्रावण २०८३, शनिबार | August 8, 2026

टिकटकले हाल्यो अमेरिकी राष्ट्रपति ट्रम्प बिरुद्ध मुद्दा



काठमाडौं । चिनिया लगानीको भिडियो एप टिकटकले टिकटक माथि झुठा आरोप लगाएको भन्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ।

राष्ट्रिय सुरक्षामा खलल पुगेको भन्दै अमेरिकाले टिकटकलाई प्रतिवन्ध लगाउने प्रकृया अगाडि बढाएसँगै चिनियाँ लगानीमा संचालित एपले मुद्दा ट्रम्प प्रशासन बिरुद्ध मुद्दा दायर गरेको हो।

अमेरिकाले राष्ट्रिय सुरक्षामा असर पुगेको भन्दै आरोप लगाएको बिषयको खण्डन गर्दै टिकटकले राष्ट्रिय सुरक्षामा कुनै असर नपारेको चीनको बाइट डान्स कम्पनीले संचालन गरेको टिकटकले दावी गरेको छ । कम्पनीले अमेरिकाको आसन्न निर्वाचनमा चीनविरोधी जनमत प्राप्त गर्न प्रतिबन्ध लगाउन खोजेको जिकिर गरेको छ ।

ट्रम्प प्रशासनका बिरुद्ध टिकटकले क्यालिफोर्नियाको फेडरल कोर्टमा सोमवार दायर गरेको समाचार एजेन्सीहरुले पुष्टि गरेका छन् । कम्पनीले दायर गरेको मुद्दामा अमेरिकी सरकारले विना कुनै प्रमाण निषेधको तयारी गरिरहेको उल्लेख गरिएको छ । अमेरिकाको बाणिज्य विभाग, राष्ट्रपति ट्रम्प र वाणिज्य सचिव विवर रसविरुद्ध मुद्दा दायर भएको हो।

ट्रम्पले दुई फरक फरक मितिमा आदेश जारी गर्दै अगस्ट ६ मा बाइट डान्सको कारोबारमा निषेध र सेप्टेम्बर २० मा बाइट डान्स अमेरिकी कम्पनीलाई बिक्री गरेर ९० दिनभित्र टिकटकका एसेट्सहरु हस्तान्तरण गर्न भनेका थिए।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  १० : २१ बजे

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध