५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

विश्व स्वास्थ्य संगठनले भन्यो, – ५ वर्ष कम उमेरका वच्चालाई मास्क नलगाउ



विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क नलागाइदिन आग्रह गरेको छ ।

डब्ल्यूएचओ कोरोनाबाट बच्न मास्क लगाउनेबारे नयाँ नियम जारी गर्दै ५ वर्ष कम उमेरका वच्चालाई मास्क नलगाइदिन उनीहरुका परिवारलाई आग्रह गरेको हो ।

डब्लुएचओले ६ वर्षदेखि ११ वर्ष उमेरसम्मका बालबालिकालाई भने मास्क लगाउन र फुकाल्न परिवारले मद्दत गर्नुपर्ने जनाएको छ ।

डब्ल्यूएचओले स्वीकार गरेको छ कि वच्चाले कति भाइरस फैलाउन सक्छन् भन्ने बारेमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन, तर किशोरावस्थाकाले भने वयस्क व्यक्तिले जस्तै भाइरस फैलाउन सक्छन् ।

त्यसैले डब्ल्यूएचओले मास्क लगाउने विषयमा नयाँ सुझाव जारी गर्दै १२ वर्षभन्दा माथिका बालबालिकाले अनिवार्य माक्स लगाउनुपर्ने सल्लाह दिएको हो ।

डब्ल्यूएचओले ६० वर्ष भन्दा कम उमेरका मानिसले कपडाको मास्क लगाउँदा पनि हुने जनाएको छ । तर, यसभन्दा माथिको उमेरका व्यक्ति एवं गम्भीर रोगबाट ग्रसित व्यक्तिले भने अनिवार्य मेडिकल मास्क लगाउनु पर्ने पनि डब्लुएचओले जनाएको छ ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ८ : ३८ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको