१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

दुईवर्ष भन्दा कम समयमै कोरोना महामारी हराउने विश्व स्वास्थ्य संगठनको विश्वास



विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमा हराउने आशा गरेको छ।

डब्लूएचओका प्रमुख डा. टेड्रोस एडहानम गेब्रियससले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी छिटो नियन्त्रणमा आउने सम्भावना रहेको बताएका हुन् ।

डा. टेड्रोसका अनुसार भूमण्डलीकरण र विश्वभरका मानिस एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा छिटो फैलिएको हो।

तर उन्नत प्रविधिका कारण कोरोना महामारी स्पेनिस फ्लुभन्दा छिट्टै नियन्त्रणमा हुने विश्वास उनले व्यक्त गरेका हुन् ।

सन् १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म अर्थात् दुई वर्षभन्दा बढी समयसम्म स्पेनिस फ्लुको आतंक रहेको थियो। सो फ्लुले श्विका २ करोड मानिसको ज्यान लिएको थियो।

हाल, विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाखको नजिक पुगेको छ ।

जोन हप्किन्स विश्वविद्यालयले अपडेट गर्ने कोरोना तथ्यांक अनुसार शनिबार बिहानसम्म विश्वभर मृत्यु हुनेको स)ख्या सात लाख ९७ हजार पुगेको छ ।

कोरोना संक्रमितको संख्या दुई करोड २८ लाख भन्दा बढी पुगिसकेको छ ।

अमरीका सबैभन्दा धेरै प्रभावित हुने देश बनेको छ । जहाँ कोरोना संक्रमितको संख्या ५६ लाखा हजार पुगेको छ भने मृतकको संख्या १ लाख ७५ हजार नाघेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ३५ लाख ३२ पुगेको छ । मृतकको संख्या १ लाख १३ हजार कटिसकेको छ ।

छिमेकी भारतमा कोरोना संक्रमण दर तिब्र गतिमा बढिरहेको छ । भारतमा हालसम्म २९ लाखा बढी संक्रमित भैसकेका छन् भने ५५ हजार बढीको मृत्यु भएको छ ।

नेपालसँग जोडिएका उत्तरप्रदेश र बिहारमा कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ७ : ५३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग