काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत डा. मजहर जावेदले काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न भारतसँग आग्रह गरेका छन् । भारतले आफ्नो संविधानबाट काश्मिरसम्बन्धी धारा ३७० खारेज गरेको एक वर्ष पूरा भएका सन्दर्भमा काठमाडौंस्थित पाकिस्तानी राजदूतावाससँगको साझेदारीमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घले आयोजना गरेको कार्यक्रममा राजदूत जावेदले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्न आग्रह गरेका…