१५ बैशाख २०८१, शनिबार | April 27, 2024

अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात, आपतकालको घोषणा



एजेन्सी । अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । न्यूर्योकसहितका शहरमा हिमपातले प्रभावित भएका हुन् ।

हवाइ यातावात अवरुद्ध भएका छन् । कोरोना भाइरसविरुद्धको खोप अभियान पनि हिमपातले प्रभावित भएको छ । तीव्र रफ्तारमा रहने न्यूर्योक सिटीको जनजीवन स्थिर भएको छ । न्यूजर्सी, पेन्सिलभेनियासहितका क्षेत्रमा स्थानीय समय अनुसार सोमबार बेलुकासम्ममा ४८ सेन्टिमिटरसम्म हिउँ जमेको छ ।

यस्तै न्यूयोर्क सिटीमा ४३ सेन्टिमिटरसम्म हिउँ जमेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । न्यूयोर्क सिटी र न्यूजर्सीमा आपतकालको घोषणा गरिएको छ ।

हिउँ आँधी न्यू इंग्ल्याण्ड तर्फ जाने अमेरिकाको राष्ट्रिय मौसम सेवाले जनाएको छ । हावाको गति ८० किलोमिटर प्रतिघण्टासम्म पुग्ने र त्यसले गर्दा हिउँ आँधी आउन सक्ने बताइएको छ ।

 

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ८ : ०८ बजे

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको