संयुक्त राज्य अमेरिकाका विवादास्पद एवं सन्काहा राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिन अब केही घण्टा मात्रै बाँकी छ । राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याट जो बाइडेनको सपथ ग्रहण समारोहसँगै ट्रम्प राष्ट्रपतिबाट औपचारिक रुपमा बाहिरिँदै छन् । तर, त्यसअघि नै ट्रम्पलाई अधिकांश अमेरिकनले राष्ट्रपतिबाट हटाइसकेका छन् । आफ्नो स्वभावका कारण राष्ट्रपतिमा निर्वाचित भएसँगै पूर्वार्धबाटै विवादित बनेका ट्रम्प कार्यकालको उत्तरार्धमा…