काठमाडौं । म्यानचेस्ट सिटीले युइएफए च्याम्पियन्स लिगमा औसत शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले इन्टर मिलानसँग बराबरीमा रोकिएको छ । म्यानचेस्टर सिटी र इन्टर मिलान गोलरहित बराबरी खेलेका हुन् । खेल बराबरी भएपछि दुवैले एक एक अंक बाँडेका छन् । अब म्यानचेस्टर सिटीले अर्को खेल स्लोभान ब्राटिसलाभासँग अक्टोबर २ मा खेल्ने तालिका…