२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

सिद्धबाबा मन्दिरमा महाशिवरात्री मेला तयारी पूरा, ६० हजार भक्तजन भित्र्याउने लक्ष्य

बुटवल । महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित सिद्धबाबा मन्दिरमा लाग्ने महाशिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मन्दिर परिसरलाई आकर्षक रूपमा सजाइएको छ भने भक्तजनलाई सहज र सुरक्षित रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । सिद्धबाबा मन्दिर विकास समितिले शनिबार पत्रकार सम्मेलन गर्दै यस वर्ष दर्शन व्यवस्थापनलाई थप व्यवस्थित बनाइएको…