बुटवल । कला, संस्कृति, पर्यटन प्रवर्द्धन तथा मानसिक स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले बुटवलमा आजदेखि ‘वज्र फेस्टिभल २०२६’ सुरु हुँदैछ । ग्रासल्याण्ड रेष्टुरेन्ट एण्ड बारमा आयोजना हुने तीनदिने फेस्टिभल जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ । व्यस्त शहरी जीवनशैलीका कारण बढ्दो मानसिक तनावलाई मध्यनजर गर्दै मनोरञ्जन, स्वास्थ्य, योग तथा सामुदायिक सहभागितालाई एकै थलोमा समेटेर कार्यक्रम आयोजना गरिएको…