बुटवल । बुटवलमा शुक्रबार एकै दिन ४८ जना ई-रिक्सा चालक कारबाहीमा परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले सवारी दुर्घटना न्यूनिकरण तथा सामाजिक अपराध नियन्त्रणका लागि विभिन्न स्थानमा गरेको जाँच तथा सचेतनामूलक अभियानका क्रममा नियम विपरीत सञ्चालन गरिरहेका चालकलाई कारबाही गरेको हो । बुटवलका व्यस्त सडक भुड्किचोक, अमरपथ, कालिका पथको तीनकुने तथा देवीनगर क्षेत्रमा जाँच…