खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको बाँकेको खजुरा खण्डको मुहार फेरिने भएको छ । हुलाकी सडक निर्देशनालयको नेपालगन्ज योजना कार्यालयबाट खजुरा खण्डको २ किलोमिटर र गुलरिया खण्डको २ दशमलव २३४ मिटर सडक स्तरउन्नतीका लागि ठेक्का खुल्ला गरिएकोमा खजुरा खण्डको ठेक्का पाएको निर्माण व्यवसायीले धमाधम कालोपत्रे गर्न सुरु गरेको छ । हुलाकी…