बुटवल । बुटवलमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गर्न लागिएको हो । मेलामा विविध पक्षहरुको प्रवद्र्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगिता गर्न लागिएको संघका सचिव तथा मेला प्रचारप्रसार तथा पूर्वाधार समन्वयकर्ता प्रतिक पोखरेलले बताए…