बर्दिया । बर्दियाको ठाकुरबाबामा 'हरित अर्थव्यवस्था परियोजना' अन्तर्गत फोहोर व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । 'फोहोरलाई मोहर' भन्ने नाराका साथ फोहोर व्यवस्थापन मार्फत रोजगारी सिर्जना गर्ने उद्देश्य सहित तालिम सुरु भएको हो। बाँके युनेस्को क्लव र प्लान इन्टरनेशनलको समन्वयमा आजबाट सुरु भएको तालिममा १८-२४ वर्ष उमेर समूहका २५ जना सहभागी छन् ।…