बुटवल । निजी क्षेत्रलाई प्रोत्साहन तथा सहजताका लागि भैरहवामा स्थापना गरिएको विषेश आर्थिक क्षेत्र (सेज) मा उत्साहभन्दा पीडा भोग्नु परेको व्यवसायीहरुले गुनासो गरेका छन् । सरकारले विभिन्न आश्वसन दिएर सेजभित्र उद्योग दर्ताको आह्वान गरेपनि विद्युत, खानेपानीको व्यवस्थापन, सुरक्षा, महङ्गो भाडादर आदि कुराहरुले उद्योगीहरु टिक्नै नसक्ने अवस्थामा पुगेको उनीहरुको गुनासो छ । २०५८ सालमा स्थापना गरिएको…