रुपन्देही । आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलनका लागि अभियान सञ्चालन गरेको छ । कार्यालयअन्तर्गत रहेका करदाताले बुझाउनुपर्ने बाँकी-बक्यौता असुली गर्ने ध्येयले अभियान सञ्चालन गरिइएको हो । कार्यालयले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क नबुझाएका करदातासम्म पुगेर राजस्व दाखिलाका लागि अभियान सञ्चालन गरेको हो । कार्यालयका अनुसार दाखिला हुन बाँकी करिब रु एक अर्ब २५ करोड…