बुटवल । नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल इकाई समितिले अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । यही मे १२ का दिने मनाइने अन्तर्राष्ट्रिय नर्सिङ दिवसलाई लक्षित गरी बुटवल-११ स्थित शहरी स्वास्थ्य केन्द्रमा विहिबार आयोजित शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको पहिचान सम्बन्धी परीक्षण गरिएको हो…