बुटवल । लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति गठन गर्नका लागि बनेको गठन आदेश खारेज गर्ने निर्णय गरेसँगै प्रदेश अन्तर्गतका अस्पतालहरुमा रहेको अस्पताल विकास समिति खारेज हुने भएका छन् । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशभरीका प्रादेशिक अस्पताल विकास समिति खारेज गर्ने तयारी अनुसार गठन आदेश खारेज गरेर नयाँ कानुन पारित गरेको छ ।…