नेपालगन्ज । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशको बाँकेमा पुराना हस्तीहरुसँग नँया उम्मेदवारहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । जिल्लाको ३ वटै निर्पाचन क्षेत्रमा पुराना हस्तीहरुलाई नयाँ उम्मेदवाहरुसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको हो । बाँकेको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ २०७४ मा निर्वाचित बहालवाला युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राप्रपा गठबन्धनका संसदीय राजनीतिका…