बुटवल । सामान्यतया विद्यार्थीहरू कक्षाकोठामै अध्ययन गर्छन् । तर, शुक्रबार बुटवलस्थित क्यानन मावि कक्षा १० का विद्यार्थीहरूले अंग्रेज फौजलाई परास्त गरेको ऐतिहासिक स्थल जितगढी किल्लामा पुगेर अध्ययन गरेका छन् । सामाजिक अध्ययन विषय अन्तर्गत परियोजना कार्यका लागि विद्यार्थीहरूले जितगढीको ऐतिहासिक महत्वबारे स्थलगत अवलोकन गर्दै जानकारी लिएका हुन् । भ्रमणका क्रममा विद्यार्थीहरूले नेपालले अंग्रेज फौजलाई हराएको…