बुटवल । नेपालकै नमूना सामुदायिक क्याम्पसको रूपमा परिचित लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट तेस्रोपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको अवसरमा बुटवलमा प्रभातफेरी आयोजना गरेको छ । क्याम्पस प्राङ्गणबाट सुरु भएको प्रभातफेरी तिनकुने, ईटाभट्टी, पुष्पलाल पार्क, मिलनचोक, राजमार्ग चौराह, कालिका चोक, होराइजन चोक हुँदै पुनः क्याम्पस प्राङ्गणमै आएर समापन भएको थियो ।…