७ पुस २०८२, सोमबार | December 22, 2025

विमानस्थलको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालन

हुम्ला । हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर आज हवाई सेवा सञ्चालनमा आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी मिलेर हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण हुम्लाका प्रमुख महेन्द्र सिंहले जानकारी दिए। मौसम सफा भएपछि आज बिहानैदेखि विमानस्थल सञ्चालनमा आएको उनले बताए…