२१ असार २०८३, आइतबार | July 5, 2026

नेपाल प्रिमियर लिग : कर्णालीविरुद्ध ब्याटिङ गर्दै पोखरा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले सुरूमा ब्याटिङ गर्ने भएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले ब्याटिङको निर्णय लिँदै कर्णालीलाई फिल्डिङमा निम्त्याएका हुन् ।

प्रतियोगिताको शीर्ष चार सम्भावना कायम राख्न यी दुवै टिमलाई आज जितको आवश्यकता छ । तालिकाको चौँथो स्थानमा आसिन कर्णालीले चार खेल खेल्दा दुई जितसहित चार अंक जोडेको छ । तीन खेलबाट दुई अंक जोडेको पोखरा तालिकाको पाँचौँ स्थानमा छ ।

प्रतियोगितामा कर्णालीले आफ्नो पहिलो र दोस्रो खेलमा हार बेहोरे पनि तेस्रो र चौथो खेलमा भने लगातार जित निकालेको थियो । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो । यस्तै, कर्णालीले तेस्रो खेलमा भने चितवन राइनोजविरुद्ध ६ विकेटको र चौथो खेलमा विराटनगर किंग्सविरुद्ध सात रनको जित निकालेको थियो ।

यता, सुरुआती दुई खेलमा लगातार हार बेहोरेको पोखराले भने पछिल्लो खेलमा सानदार जित निकालेको थियो । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।

तेस्रो खेलमा भने पोखराले लुम्बिनी लायन्सविरुद्ध १० विकेटको कीर्तिमानी जित निकालेको थियो । प्रतियोगितामा पोखराको यो जित विकेटको आधारमा कुनै पनि टिमले निकालेको सबैभन्दा ठूलो जितसमेत हो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १ : ०९ बजे

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा