बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उत्पादन र आर्थिक समृद्धिको अभियानमा जोडिन आह्वान गरेका छन् । स्याङ्जा कारिकोट चण्डीभञ्ज्याङ सम्पर्क समाज रुपन्देहीको सोमबार तिलोत्तमामा आयोजित दोस्रो वार्षिक साधारणसभामा बोल्दै नगर प्रमुख पाण्डेले सबैलाई उत्पादनमूलक व्यावसाय वा सीप सिकेर रोजगारमा सहभागी भई आर्थिक समृद्धिमा लाग्न आह्वान गरेका हुन् । शिक्षा, स्वास्थ्य, यातायत लगायत भौतिक…