काठमाडौं । आश्विन शुक्ल द्वादशीका दिन पनि दशैंको टीका तथा आशीर्वाद लिने क्रम देशभर जारी छ । विजयादशमीका दिन नवदुर्गाको प्रसादस्वरूप टीका थाप्ने प्रथासँगै एकादशी र द्वादशीमा समेत मान्यजनकामा पुगेर टीका र आशीर्वाद लिने परम्परा कायम छ । नवरात्रको नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि टीका थाप्ने चलन सुरु हुन्छ ।…