दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना अन्ततः ढिलै भए पनि पूरा हुने भएको छ । आर्थिक वर्ष २०८३/८४ मा सङ्घीय सरकारले तुलसीपुरको टरिगाउँ विमानस्थलको निर्माण पूरा गर्न रु २५ करोड बजेट विनियोजन गरेपछि दङ्गालीको सपना पूरा हुने विश्वास गरिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल नेपालको पुरानो विमानस्थल हो…