काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । शान्ति-सुरक्षा अवस्था बिग्रन सक्ने जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासनले आज दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा…