५ आश्विन २०८३, सोमबार | September 21, 2026

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन



काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सो घटनाका सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । आज मध्यान्ह बा ५ ख ४२७४ नम्बरको बसमा आज आगजनी भएको थियो ।

समितिको सदस्यमा प्रहरीवृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौँका अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका प्रतिनिधि भीम ज्वाला राई र रिद्धिसिद्धी यातायात प्रालिका प्रतिनिधि लव केसी रहेका छन् ।

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बस चालकलाई ट्राफिक नियमन उल्लङ्घन गरेका विषयमा पुर्जी काट्न खोज्दा विवाद भएको थियो । उक्त विवादपछि बसमा आगजनी भएको थियो । छानबिन समितिले घटनाको सत्यतथ्य पत्ता लगाउने र सात दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रतिवेदन पेस गर्नेछ ।

छानबिन समितिको कार्यादेशमा घटनासँग सम्बन्धित तथ्य, प्रमाण एवं सूचना सङ्कलन र विश्लेषण गर्नेछ । यस्तै, घटनास्थललाई प्रत्यक्ष रूपमा देखे जानेका व्यक्तिसँग सोधपुछ गरी जानकारी लिने कार्यादेश समितिलाई दिइएको छ ।

घटनास्थल वरपरको सिसीटिभी फुटेज अध्ययन गरी विश्लेषण गर्ने, बसभित्र भएको आगजनीबाट गम्भीर घाइते भएका व्यक्तिको पृष्ठभूमि एवं अन्य प्रमाणिक विवरण यकीन गर्नुपर्नेछ ।

यस्तै, घटनाको समग्र पक्षको विश्लेषण गर्ने, पार्किङ बेमा गाडी पार्किङ गरी राखिएको समय र गाडीमा आगजनी भएको समय बीचको ‘टाइमलाइन’ सहितको तथ्यगत विश्लेषण गर्ने उल्लेख छ ।

घटनामा परी गम्भीर घाइते भएका व्यक्तिको मोबाइल वा अन्य कुनै निजको साथबाट प्राप्त हुनसक्ने घटनासँग सम्बन्धित भई निजले सम्प्रेषण गरेका भिडिओ, म्यासेज वा कोही कसैसँग निजको सम्पर्क भएको भए कल विवरण निकाल्ने कार्यादेश समितिलाई दिइएको छ ।

घटनासँग सम्बन्धित विवरणका आधारमा सत्यतथ्य पत्ता लगाई के कसका कारणबाट उक्त घटना घट्न गएको हो रु यकीन गरी प्रतिवेदन पेस गर्ने र आगामी दिनमा यस प्रकृतिका घटना घट्न नदिनका लागि अपनाउनुपर्ने पूर्वसावधानी र नियन्त्रणका लागि उपायसहितको सुझाव समितिले पेस गर्नुपर्नेछ ।

समितिले छानबिनको कार्यविधि र तालिका आफैँ तय गर्नेछ । समितिको सचिवालय जिल्ला प्रशासन कार्यालय काठमाडौँमा रहने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ११ : ०४ बजे

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न