२७ भदौ २०८३, शनिबार | September 12, 2026

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-७ स्थित सार्वजनिक शौचालय खहरे खोला नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउने कार्य सुरु भैसकेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने…