काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह बहिनी र छोरीका साथ सोमबार स्याङ्जा पुगेका छन । केही समयदेखि पोखरामा बस्दै आएका शाह कालीगण्डकी गाउँपालिका-३ मा रहेको शाहवंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि स्याङ्जा पुगेको उनको सचिवालयले जनाएको छ । मंगलबार बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजनसहितको पूजाअर्चनापछि उनी फर्किने बताइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले पोखराबाट…