७ आश्विन २०८३, बुधबार | September 23, 2026

टप एण्ड टी-२० सिरिज : नेपालको उत्कृष्ट बलिङसँगै दोस्रो जित, सोमपालले लिए ५ विकेट



काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । यसअघि मङ्गलबार भएको आफनो चौथो खेलमा नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै विजयी भएको थियो ।

डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा आज भएको खेलमा नेपालले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय छ रनमा अलआउट भयो । रेनेगेड्सका लागि अर्जुन नायरले सर्वाधिक २६ रन बनाए भने जे लेमिरले १८ र ह्यारी डिक्सनले १६ रन बनाए ।

रेनेगेड्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी एक्लैले पाँच विकेट लिए भने कुशल भुर्तेलले दुई र रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र शाहब आलमले समान एक÷एक विकेट झारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक ३९ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिए । उनले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाएका हुन् । दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउँदा लोकेश बमले १६ बलमा २४ रन जोडे । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२/१२ रन बनाए ।

बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई/दुई विकेट लिए । नेपालले यसअघि खेलको चार खेलमध्ये एकमा जित तथा तीन खेलमा हार बेहोरेको थियो ।

नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । नेपालले यही भदौ ६ गते पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ४ : ०९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११