काठमाडौँ । सीमाविद् र विज्ञहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको एक अभिव्यक्तिलाई लिएर गम्भीर आपत्ति प्रकट गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनीहरुले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी प्रधानमन्त्रीले सदनमा व्यक्त गरेको धारणाप्रति गम्भीर आपत्ति प्रकट गरेका हुन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्राडा. पीताम्बर शर्मा, प्राडा. नरेन्द्र खनाल, डा. जगत…