काठमाडौँ । राष्ट्रिय किताब खाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौँमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं रु तीन लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयकै कार्यकक्षबाट घुस लिँदालिँदै पक्राउ गरेको हो । पेन्सनपट्टा बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगबाट खटिइ गएको टोलीले प्रसाईंलाई…