काठमाडौं । बेमौसमी वर्षापछि हिमाली क्षेत्रमा कात्तिक महिनामै अचानक हिमपात भएपछि सरोकारवालाले यसले हिमालको सौन्दर्य बढाउन सहयोग पुग्ने बताएका छन् । जलवायु परिवर्तनका कारण सेता हिमाल कालापत्थरमा परिणत हुँदै गर्दा चिन्ता र चासो व्यक्त गर्ने हिमालवासीहरु हिमपातपछि भने यसबाट हिमालमा सकारात्मक प्रभाव पर्ने प्रतिक्रिया दिए । मुख्य पर्यटकीय याममा परेको हिउँले तत्कालका लागि पर्यटक व्यवस्थापन…