काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। बिहीबार बिहान मन्त्रिपरिषद् बैठकअघि कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कडेललाई भेटेर सामूहिक रूपमा राजीनामा बुझाएका हुन्। राजीनामा बुझाउने क्रममा कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री कडेललाई जनताको काम प्रभावकारी रूपमा अघि बढाउन आग्रहसमेत गरेका छन्। कांग्रेसले कर्णालीमा आफ्नो नेतृत्वमा सरकार…