बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-६ भल्कोटमा पुतली नाचँ प्रदर्शन गरिएको छ । यो नाच हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ । भल्कोटमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि नाचिँदै आएको पुतली नाच अहिलेका युवा पुस्ताहरूमा पनि लोकप्रिय नै छ । वर्षमा एकपटकमात्रै नाचिने यो नाच एक दशक अगाडिसम्म…