काठमाडौं । सरकारले नेपाल–भारत सीमा सम्बन्धी बाँकी रहेका विवादहरू ऐतिहासिक सन्धि, आधिकारिक नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। सरकारले सुस्ता, कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट गर्दै औपचारिक सीमांकन टुंग्याउन भारतसँग निरन्तर संवाद भइरहेको जनाएको छ। बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर…