काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । पार्टीले सोमबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने गरी तयारी गरेको हो । पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा आगामी निर्वाचनको तयारी, समानुपातिक तर्फका उम्मेदवारको सूची, संगठनात्मक अवस्था तथा समसामयिक राजनीतिक परिस्थितिबारे व्यापक छलफल…