काठमाडौं । नेकपा एमालेको ‘समृद्धिका लागि संकल्पयात्रा’ लुम्बिनी प्रदेश आइपुगेको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा टोली सुदूरपश्चिम र कर्णालीको यात्रा सकेर मंगलबार साँझ लुम्बिनी प्रदेश प्रवेश गरेको हो । पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो यात्राका क्रममा सबैभन्दा लामो दूरी १९२ किलोमिटर पार गरेर सुर्खेतबाट टोली पूर्वी रुकुम पुगेको…