३२ असार २०८३, बिहिबार | July 17, 2026

दशौँ राष्ट्रिय खेलकुद कर्णालीप्रतिको विश्वास हो : मुख्यमन्त्री



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको विषय कर्णालीप्रतिको विश्वास भएको बताएका छन् । वीरेन्द्रनगरमा आज आयोजित १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरोकारवालासँग छलफल तथा परामर्श कार्यक्रममा उनले प्रतियोगिता आयोजनासँगै प्रदेशको देश तथा विदेशबाट मूल्याङ्कन हुने प्रष्ट पारे ।

अहिले नै खेलकुद प्रतियोगिताका लागि दिनगन्ती सुरु हुने बेला नभएको उल्लेख गर्दै उनले त्यसअनुसार अहिलेको व्यवस्थापन कमजोर भयो भन्न नहुने धारणा राखे । मुख्यमन्त्री कँडेलका अनुसार निर्धारित समयानुसार आगामी मङ्सिर २ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ ।

प्राप्त बजेटबाट दक्षतापूर्वक काम देखाउन खेलकुद परिषद्लाई निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले ठाउँठाउँ पुगेर विभिन्न माग नराख्न पनि ध्यानाकर्षण गराए । गर्नुपर्ने कामहरू सरकारका तर्फबाट सरकारका प्रतिनिधिले गरिरहेको जानकारी गराउँदै उनले कमजोर आन्तरिक आम्दानी भएको अवस्थालाई ध्यान दिएर खेलाडीलाई परिस्थिति बुझाउन अधिकतम् प्रयास गरिने प्रतिबद्धता जनाए ।

आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले लामो समयसम्म खेलकुद गतिविधि नबढ्नुले सरकारप्रति खेलाडीको गुनासो बढेको बताए । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्ने दायित्त्व पूरा गरिने उनको भनाइ छ । उनले आर्थिक मामिला तथा योजना मन्त्रालयका तर्फबाट गर्नुपर्ने बजेटलगायत व्यवस्थापनमा कमी हुन नदिने प्रतिबद्धता जनाए ।

कार्यक्रमको अध्यक्षता गरेका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले निर्धारित खेलमध्ये थप खेल समावेश गर्न आफ्नातर्फबाट गर्नुपर्ने काम आन्तरिक रूपमा बढाइरहेको जानकारी दिए ।

प्रतियोगितामा दुई प्रमुख जिम्मेवारी प्रदेश सरकारको काँधमा आएको उल्लेख गर्दै उनले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने र कर्णालीले दुई अङ्कको पदक लिनुपर्ने चुनौती देखिएको बताए ।

मन्त्री भण्डारीले यसका लागि आवश्यक हुने बजेट, खेलाडीलाई दिनुपर्ने बन्द प्रशिक्षणसहितका आवश्यक व्यवस्थापनका लागि तयारी भइरहेको बताए । उनले व्यवस्थापनको पक्षमा कुनै पनि किसिमका अभाव हुन नदिन प्रदेश खेलकुद विकास परिषद्लाई निर्देशन दिए ।

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  ७ : ४१ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना