काठमाडौं । सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । सिङ्गापुर नेसनल क्रिकेट ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा मात्र दुई विकेट गुमाएर…