नेपालगन्ज । पश्चिम नेपालकै रिफरल अस्पतालका रूपमा विकसित भइरहेको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा अहिले एमआरआई मेसिन आइपुगेको छ । तीन वर्षदेखिको प्रयासपछि झण्डै रु २४ करोड मूल्यबराबरकोे थ्रिटी एमआरआइ मेसिन मङ्गलबार आइपुगेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईले जानकारी दिए । उनले यहाँ सुविधासम्पन्न एमआरआइ मेसिन उपलब्ध भएकाले सामुदायिक स्वास्थ्य क्षेत्रमा निकै उपलब्धिपूर्ण भएको…