काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि आजदेखि देशभरका अस्पतालमा नियमित रूपमा सबै स्वास्थ्य सेवा सञ्चालनमा आएका छन् । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र नेपाल चिकित्सक संघबीच भएको वार्तामा पाँचबुँदे सहमति भएपछि संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको हो । सहमतिसँगै आजदेखि देशभरका अस्पतालमा आकस्मिक सेवासहित सबै स्वास्थ्य सेवा…