काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । नेपाल प्रहरीका अनुसार धादिङको बैरेनी बजारको करिब एक किलोमिटर सडकखण्डमा भने अझै एकतर्फी यातायात सञ्चालन भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गत गल्छी-मलेखु सडकखण्डमा थुप्रिएको लेदो पन्छाएपछि शुक्रबार पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको थियो । शनिबार बिहानदेखि सडकमा अलपत्र अवस्थामा…