३० भदौ २०८३, मंगलबार | September 15, 2026

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। उनी शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रचण्ड केही दिनयता ज्वरो, रुघाखोकीलगायत समस्याबाट पीडित थिए। स्वास्थ्य परीक्षणका क्रममा निमोनियाको प्रारम्भिक लक्षण देखिएपछि चिकित्सकको सल्लाहअनुसार केही दिन अस्पतालमै राखेर उपचार गराउने निर्णय गरिएको हो।…