नेपालगन्ज । बाँकेमा कूल १३ हजार ४४२ मत बदर भएको छ । प्रतिनिधसभा सदस्य निर्वाचन २०८२ का क्रममा जिल्लाको निर्वाचन क्षेत्र नं १, २ र ३ मा ती मत बदर भएको हो । जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले मतदाता शिक्षा सञ्चालन भए पनि मतपत्रमा दुई वटा सङ्केत गरेको र ल्याप्चेसमेत हानेको पाइएको बताए…