भैरहवा । नेपाल भारत सीमा क्षेत्रको भारतीय भूमिमा साताको शनिबार र बुधबार फरेनिया बजार लाग्ने गरेको छ । बजार भारतीय क्षेत्रमा लागे पनि उपभोक्ता भने अधिकांश नेपालीहरु हुने गरेका छन् । वर्षौदेखि लाग्दै आएको बजारले एकातर्फ नेपाली उद्योगी व्यवसायीलाई प्रभावित बनाएको छ भने अर्को तर्फ अवैध रुपमा दैनिक लाखौँको सामान भित्रिँदा राजश्वमा पनि चुहावट भएको छ ।…