अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लास्थित सरकारी कार्यालय तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको स्थलगत अनुगमन गरेका छन् । शनिबार गृहजिल्ला अर्घाखाँची आइपुगेका मुख्यमन्त्री आचार्यले भग्नावशेष बनेका संरचनाहरूको स्थलगत अनुगमन गरेका हुन् । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा अर्घाखाँचीमा जिल्ला समन्वय समिति, सन्धिखर्क नगरपालिका, नेपाली कांग्रेस, नेकपा…