काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फौजदारी न्याय प्रणाली सक्षम, प्रभावकारी र जनआस्थावृद्धि गर्ने खालको भएको बताएका छन् । महान्यायाधिवक्ताको कार्यालयको ७३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले फौजदारी न्याय प्रणाली शुद्धिकरण गरेर सबल र विश्वसनीय बनाउन जरुरी रहेको बताए । “संसारभरि नै न्यायमा पहुँच र कानुनी सहायतको विषयलाई अन्त्यै महत्वपूर्णरुपमा हेर्ने गरिएको छ,”…