रोल्पा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी नेपाल निर्माण गर्ने सङ्कल्प बोकेर आफ्नो पार्टी चुनावमा होमिएको बताएका छन् । रोल्पाको लिवाङमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न पार्टी चुनावमा होमिएकाले जनतालाई साथ दिन अपिल गरे । “समाजवादी नेपाल निर्माण गर्ने सङ्कल्पका साथ एकचोटि फेरि…